शारीरिक सन्तुलनका लागि योग गरौं–मन्त्री पौडेल

बिधुत्मा रैका,
कोहलपुर, पुष १६,

प्रदेश नम्बर ५ को भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्री आरती पौडेलले योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा योग एंव प्राकृतिक स्वास्थ्य समाज कोहलपुरले उल्लेख्य काम गरेको बताएकी छन् ।

योग एंव प्राकृतिक स्वास्थ्य समाज नेपाल कोहलपुर बाँकेको आठौं साधारण सभा तथा चौथो अधिवेशका क्रममा मन्त्री पौडेलले शारीरिक सन्तुलन लगायतका फाइदाका लागि सबैले गोग अभ्यास गर्नुपर्ने बताईन् । मन्त्री पौडेलले हरेक बिहान योग व्यायाम गरेर निरोगी रहने अभ्यास गर्न पनि सुझाव दिईन् । उनले योग शरीरको व्यायाम गर्न मात्र नभई मनको सुन्दरता पनि बढाउने उनको तर्क थियो ।

योग एंव प्राकृतिक स्वास्थ्य समाज नेपाल कोहलपुरका अध्यक्ष नम प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत रहेका थिए । कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा केन्द्रिय सदस्य चक्र बहादुर अधिकारी, वडा नम्बर १३ का अध्यक्ष ओम प्रसाद ओली लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा अध्यक्ष शर्माले हालसम्म समितिमा भए गरेका काम तथा आगामी एक वर्षमा गर्नु पर्ने वार्षिक योजनाको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष रेशम सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिब दामोदर पौडेलले गरेका थिए ।

रोगी निरोगी बनौं निरोगी दिर्घजीवि बनौं भन्ने नाराका साथ बिहीबार साधारण सभा तथा अधिवेशन भएको हो । योग एंव प्राकृतिक स्वास्थ्य समाज नेपाल कोहलपुरको सक्रियतामा वडा नम्बर २ प्रेमनगरमा प्राकृति चिकित्सा अस्पताल समेत स्थापना भएको छ । २०७० सालदेखि अस्पताल निर्माणकार्य सुरु भएको थियो । केही समयपछि नै अस्पताल संचालनमा आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *