भोलिदेखि अनलाइनश्रम नविकरण गर्न सकिने

कोहलपुर, पुष १६,

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको करार अवधि समाप्त भएका श्रमिकले भोलिदेखि अनलाइनमार्फत् नै श्रम नविकरण (पुनः श्रम स्वीकृति) गर्न पाउने भएका छन् ।

बिदामा आएका वा विदेशमा रहेका श्रमिकले अनलाइनमार्फत् नै पुनः श्रम स्वीकृति लिन पाउनेछन् ।वैदेशिक रोजगार विभागद्वारा हिजो जारी विज्ञप्ती अनुसार एकपटक आँखा वा औंठाछापको स्क्यान लिइसकेका श्रमिकले मात्रै अनलाइनमार्फत् आफ्नो श्रम नविकरण गर्न पाउने छन् । श्रमिकले आफ्नो श्रम नविकरणको निस्सा (स्टिकर) आफ्नो इमेलमै प्राप्त गर्न सक्नेछ ।

यो नियम कार्यान्वयनमा आएकोले अब श्रम नविकरण गर्नको लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हटेको विभागले जनाएको छ । श्रमिकहरु दूतावासमा पनि धाइराख्नुपर्दैन । विभागले श्रम नविकरण गर्नको लागि चाहिने म्यादी बिमा र कल्याणकारी कोषको भुक्तानी पनि अनलाइनमार्फत् नै गर्न पाउने व्यवस्था मिलाएको छ । यसको लागि सेवाप्रदायक संस्थालाई थप शुल्क भुक्तानी गर्नु पर्दैन ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डेड वर्ष अगाडि नै वैदेशिक रोजगार नियमवाली–२०७६ लाई पाँचौं पटक संशोधन गरी अनलाइनमार्फत् नै पुनः श्रम स्वीकृति गर्ने व्यवस्था मिलाएको थियो । तर, बीमा कम्पनीले अनलाइनमार्फत् नै रकम लिने विषयमा सहजीकरण नगर्दा ढिलाई भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *