नेपाली काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

कोहलपुर, पुष १६,

नेपाली काँग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

काँग्रेसका७७ जिल्ला कार्यसमितिले आ–आफ्नो जिल्लामा आज विभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाउन लागेको हो । सूचना, सञ्चार तथा प्रचार विभागले ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयक भर्चुअल कार्यक्रम राखेको छ । कार्यक्रमका प्रमुख वक्ता सभापति शेरबहादुर देउवा र नेता प्रदीप गिरि रहनुहुने बताइएको छ ।

२०३३ पुस १६ गते तत्कालीन काँग्रेस सभापति विपी कोइराला र नेता गणेशमान सिंह राजासँग विद्रोह होइन मिल्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किनुभएको थियो । सोही दिनको सम्झनामा काँग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले यस वर्षको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न केन्द्रीत हुने बताए । उनले मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमविरुद्ध सबै शक्तिलाई एक ठाउँमा उभ्याउनका लागि केन्द्रित हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *