‘प्रधानमन्त्री केपि शर्मा ओलीको उल्टो दिनगन्ति सुरु’–तिलकराज भण्डारी

कोहलपुर, पुष १५,

‘प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेर जनमतको अपमान गरेपछि उनको उल्टो दिनगन्ति सुरु भएको तत्कालीन अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तथा अनेरास्ववियूका नेता तिलकराज भण्डारीले बताएका छन् ।

अनेरास्ववियूको आन्तरिक कार्यक्रमको क्रममा बाँके आईपुगेका भण्डारीले अनेरास्ववियू बाँके जिल्लाका अगुवा नेता, कार्यकर्तासँगको भेटघाटका क्रममा यस्तो बताएका हुन् ।

उलने भने–‘प्रधानमन्त्री ओलीले संसद विघटन गरेर जनमतको अपमान मात्रै गरेनन् नेपाली कम्युनिस्ट आन्दोलनको पनि बदनाम गरेका छन् ।’ उनले, देश कोरोना महामारीको संकटमा रहेको समयमा जनताको स्वास्थमा ध्यान केन्द्रीत गर्नु पर्ने समयमा संसद विघटनको नाटक गरेर देश, जनता र कम्युनिष्ट आन्दोलनप्रति गम्भीर अपराध गरेको बताएका छन् ।

शान्ति र समृद्धिको अभियान सहित अगाडि बढेको कम्युनिष्ट आन्दोलन केपि शर्मा ओलीले प्रतिगमनतर्फ फर्काउने प्रयास गरेका छन् तर देश ओलीको लहडमा प्रतिगमनतर्फ नजाने जिकिर गरे । ओलीको असंवैधानिक कदमको हरेक युवा, विद्यार्थीहरुले प्रतिवाद गर्नु पर्ने पनि बताए । नेता तथा कार्यकर्ताहरुलाई जस्तो सुकै आन्दोलनका लागि पनि तयार हुन अनुरोध गर्दै उनले भने–‘हिजो निरङ्कुश शासनका विरुद्ध तथा देश र जनताको लागि कापि, किताब सहित झोलामा हतियार उठाएका हौं । आज पनि नवतानाशाहका विरुद्धमा सडकबाट मसाल उठाइरहेका छौ र अब छिट्टै ओलीलाई सडकमै ल्याइ छोड्ने छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *