कोहलपुरमा ५० हजार राशीको कोहलपुर क्रिकेट टुर्नामेन्ट हुँदै

बिधुत्मा रैका,
कोहलपुर, पुष १४,

बाँकेको कोहलपुरमा ५० हजार राशीको कोहलपुर क्रिकेट टुर्नामेन्ट २०७७ को आयोजना हुने भएको छ ।

युवा वर्गलाई लक्षित गरि कोहलपुरमा पहिलो पटक क्रिकेट टुर्नामेन्ट गर्न लागिएको आयोजक समितिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । कोहलपुर टुर्नामेन्ट आजसम्म भएका खेलहरु मध्य फरक रहने तथा लुम्बिनी प्रदेशकै उत्कृष्ठ रहने आयोजकले दावी गरेको छ ।

यस टुर्नामेन्टले यस क्षेत्रको आर्थिक, व्यापार तथा पर्यटन क्षेत्रमा सहयोग पुर्याउने आयोजकले अपेक्षा गरेको छ । यस प्रतियोगीतामा करिब १६ टिमको सहभागीता रहने सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगीता प्रथम हुने टिमलाई ५० हजार नगद सहित ट्रफीका साथै अन्य पुरस्कारको व्यवस्था गरिएको छ । त्यसैगरी उपविजेताले २१ हजार, उत्कृष्ठ खेलाडी, ब्याट्सम्यान तथा बलरले समान १५ हजार तथा प्रत्येक खेलको उत्कृष्ठ खेलाडीले १ हजार नगद पुरस्कार पाउने बताईएको छ ।

शारदा एजुकेशन पार्कले आयोजना गर्न लागेको प्रतियोगीतामा के.सि.ए. कोहलपुर क्रिकेट एकेडेमीले सहकार्य गरेको व्यवस्थापक टिमका सदस्य बिनायक गिरीले बताए । सोमबार कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गिरीले टुर्नामेन्ट पुष २० गतेदेखि संचालन हुने जानकारी दिए । नक आउटको आधारमा खेल खेलाईने पनि उनले बताए । रोनिश राज गौतम, दिपक केशी, सुमन डागी, शिव डागी, तथा अजय सहानि लगायतको व्यवस्थापक टिम रहेको छ । कोरोनाका कारण सुस्ताएको क्रिकेट गतिविधिले बाँकेमा पुनः निरन्तरता पाउने आयोजकको दावी छ । स्थानिय स्तरमा छरिएर रहेका युवा खेलाडीहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रतियोगिताले बाँके, बर्दियाका साथै लुम्बिनी प्रदेशभरका खेलाडीहरुलाई राष्ट्रिय स्तरमा स्थापित गर्न मद्धत पुर्याउने गिरीको विश्वास छ ।

कोहलपुरमा निर्माणधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा १ हप्तासम्म संचालन हुने प्रतियोगिताकालागि ४ लाख ५० हजार खर्च हुने अनुमान गरीएको छ । प्रतियोगिता संचालनका लागि आवश्यक सहयोग गर्न सबैलाई आयोजक टिमले आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *