अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोरोना महामारी सम्बन्धी राहत प्याकेजमा हस्ताक्षर

कोहलपुर, पुष १३,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राहत प्याकेज सम्बन्धी विधेकमा हस्ताक्षर गनरेका छन् ।

सदनबाट पास भएको प्याकेजमा अनावश्यक खर्च रहेको र तर नागरिकलाई निकै कम रकम छुट्याइएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका ट्रम्पले अन्ततः स्थानीय समय अनुसार हिजो विधेयकमा हस्ताक्षर गरे । कोरोना भाइरसको महामारीका कारण वित्त समस्यामा आएका नागरिकाका लागि तय भएका केही दिनदेखि फ्लोरिडाको गल्फ क्लबमा रहेका ट्रम्पले विधेयकमा हस्ताक्षर गर्नुभएको हो ।

ट्रम्पले सो विधेयकलाई कानूनमा परिणत नगर्दा लाखौँ अमेरिकी नागरिकले राहत पाउन सकेका थिएनन् ।अमेरिकी संसदबाट ९ खर्ब डलर बराबरको राहत प्याकेज गत सोमबार अबेर पारित भएको थियो । राहत प्याकेजमा समस्यामा परेका नागरिकलाई सीधै नगद प्रदान गर्ने तथा महामारीका कारण प्रभावित व्यवसाय सञ्चालनका लागि सहयोग तथा बेरोजगार भत्ता समावेश छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *