वैशाखमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका मतदाता नामावली अद्यावधिक सुरु
कोहलपुर, पुष १३,
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न सुरु गरेको छ ।
आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता नामावली अद्यावधिक गर्न थालिएको छ । सरकारले प्रतिनिधिसभाको निर्वाचन दुुई चरणमा आगामी वैशाख १७ र २७गर्ने गरी मिति तोकिसकेकोे छ । यद्यपि, उक्त निर्वाचनका विषयमा दल बीच उत्पन्न भएको विवाद निरुपणका लागि सवर्वोच्च अदालतमा विषय प्रवेश गरेको छ । आयोगले ऐनमा व्यवस्था भए अनुुसार निर्वाचन घोषणा भए लगत्तै ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट गरिरहेको मतदाता नामावली सङ्कलन स्थगित गरेको छ ।
निर्धारित मितिमा निर्वाचन सम्पन्नगर्न सबै भन्दा पहिले आयोगले निर्वाचन कार्यक्रम कार्य तालिका बनाउनुु पर्ने हुुन्छ । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने बजेट अनुुमानको काम गरिरहेको पनि श्रेष्ठले बताए