बेलायतबाट नेपालआएकाहरुको पिसिआर परीक्षण गर्दै सरकार

कोहलपुर, पुष १३,

सरकारले बेलायतबाट नेपालआएकाहरुको आरटी पिसिआर परीक्षण गर्ने भएको छ ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले बेलायतमा देखिएको कोरोनाको नयाँप्रकारबाट नेपालमा पनि जोखिम हुन सक्ने भन्दै बेलायतबाट आएका २ सय ७७ जनाको पिसिआर परीक्षण गर्ने निर्णय गरेको हो । बेलायतमा पछिल्लो समय कोरोनाभाइरसको नयाँप्रकार देखिएको र तीव्र गतिमा सङ्क्रमण फैलाउँदै गएपछि सरकारले सतर्कता स्वरुप पुस १ गतेपछि बेलायतबाट वा बेलायतको बाटो हुँदै नेपाल आएकाहरुको खोजी गरेर परीक्षण गर्न लागेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

उनले पिसिआर परीक्षण गरी कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको जीन स्विक्वेन्सिङ गर्ने भन्दै यसको जिम्मेवारी स्वास्थ्य सेवाविभागलाई दिइएको बताए । यसैबीच सरकारले अबदेखि पिसिआर परीक्षणका लागिनिजीप्रयोगशाला नपाठाउने निर्णय गरेको छ । मन्त्रालयकाप्रवक्ता डा. गौतमले यसअघि सरकारले कोरोना परीक्षणका लागि सङ्कलन गरेको स्वाबनिजीप्रयोगशालामा पठाउँदै आएकोमाअबत्यसो नगर्ने नगराउने निर्णय गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *