मेडिकल कलेज बाहेकका सबै निजी अस्पताल कोभिड विशेषको सूचीबाट हटाइए

कोहलपुर, पुष १३,

सरकारले मेडिकल कलेज बाहेकका सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको सूचीबाट हटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ विशेष अस्पतालको सूचीबाट मेडिकल कलेज बाहेकका सबै निजी अस्पताललाई हटाउने निर्णय गरिएको बताए । उनले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको उपस्थितिमा हिजो बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले मेडिकल कलेज बाहेक सबै निजी अस्पताललाई कोभिड–१९ विशेष अस्पतालको सूचीबाट हटाउने निर्णय गरिएको जानकारी दिए ।

हिजैबाट लागू हुनेगरी अर्को सूचनाजारी नभएसम्मका लागि सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको रुपमा नरहने व्यवस्था गरिएको र निजी अस्पतालमा भर्ना भएर उपचारत बिरामीहरुको हकमा भने अबको १० दिनसम्मको उपचार बापतको रकम स्वास्थ्यमन्त्रालयले सोध भर्ना दिने पनिजानकारी गराए । आवश्यकता परेमा फेरी कुनै पनि अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सूचीकृत गर्न सकिने भएकाले कोभिडका बिरामीको उपचारकालागिनिजी अस्पतालहरु तयारी अवस्थामाभने रहनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *