नवनियुक्तमन्त्रीहरुले गरे पदभार ग्रहण

कोहलपुर, पुष १३,

नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरेका मन्त्रीहरुले आईतबार सिंहदरबार पुगेर पदभागर ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै कृषितथापशुपंक्षीमन्त्री पद्माकुमारी अर्यालले किसानले वर्षौदेखि भोग्दै आएको रासायनिक मलको समस्या समाधान गर्नका निम्ती दृढ रहेको बताईन् ।

कृषि तथा पशुपंक्षी मन्त्रीका रुपमा पदभार ग्रहण गर्दै मन्त्री अर्यालले त्यस्तो बताईन् । यस्तै पदभार ग्रहण गर्दै नवनियुक्त श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले अधिकतम् रोजगारी सिर्जनाका लागि प्रयास गर्ने बताए । तर, महामारीका कारण अवस्था जटिल भएकाले प्रतिशत किटान गरेर भन्न नसकिने उनको भनाइ छ । अर्का नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताए । पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरे ।

नवनियुक्त खानेपानी मन्त्री मणिचन्द्र थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हाल्दै थापाले ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *