बाँके सहित नेपाली काँग्रेसको देशभर विरोध प्रर्दशन

कोहलपुर, पुष १३,

प्रमुखप्रतिपक्षनेपालीकाँग्रेसले आजदेशभर प्रदर्शन गर्दैछ ।

गतबिहीबार बसेको केन्द्रीय कार्य समितिको बैठकको निर्णय अनुसार काँग्रेसले सोमबार देशका १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनका लागि केन्द्रीय नेताहरु सम्भव भएसम्म आफ्नै निर्वाचन क्षेत्रमा सहभागी हुने छन् ।

पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा कोटेश्वरको विरोध प्रदर्शनमा सहभागी हुनेछन् भने प्रकाशमान सिंह क्षेत्र नम्बर १ को प्रदर्शनमा सहभागी हुने छन् । आजको विरोध प्रदर्शनको समीक्षा गरेपछि मात्रै अर्को विरोधको प्रारूपतयार गर्ने काँग्रेसले जनाएको छ । जारी केन्द्रीय समिति बैठकलाई केहीदिन स्थगित गरी प्रदर्शनको तयारी गरेको छ । संस्थापन तिरका नेताहरु भने संसद विघटन असैंवधनिक कदम भएकाले पुर्नस्थापनाको मागसहित पार्टी सडकमा जानजोड दिइरहेका छन् । यता कांग्रेसले संसद विघटनको विरोधमा बाँकेमा पनि प्रदर्शन गर्दैछ । बाँकेको नेपालगन्जमा सोमबार दिउँसो हुने विरोध सभालाई काँग्रेसका युवा नेता गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बाँकेको नेपालगन्ज, खजुरा, कोहलपुरमा एकैसाथ संसद विघटनको विरोधमा प्रदर्शन हुनेछ । काँग्रेसको प्रदर्शनलाई मध्यनजर गरेर बाँकेको सुरक्षा व्यवस्था कडा पारिएको छ । कांग्रेसले कार्यकर्ताहरुलाई ब्यानर, प्लेकार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराहरुमात्र प्रयोग गर्न परिपत्र गरेको छ । नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *