भारतबाट अवैधरुपमा भित्र्याइएका सामानहरु बाँके प्रहरीको नियन्त्रणमा
कोहलपुर, पुष १३,
भारतबाट अवैधरुपमा भित्र्याइएका सामानहरु बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयसँगको सहकार्य तथा वडा प्रहरी कार्यालयले अवैधरुपमा भित्र्याइएको सामानहरु नियन्त्रणमा लिएको हो । डुडुवा गाउँपालिका वडा नं ०२ बेतहनी नजिकमा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी अवैध मालसामानहरु ल्याईरहेका भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली चिनी, युरियामल र सूति बरामद गरेको हो ।
मंगुर जातको माछा १ कुईन्टल, नम्किन, भेली, ईम्लिपप, सुर्ति, जलजिरा, आरडी सुपारी, लगायतका सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ । तस्करहरुले भने प्रहरीलाई देख्ने वित्तिकै फरार भएका थिए ।