काश्मिर चुनावमा क्षेत्रीय पार्टीको जित, भाजपाले कम सिटजित्दा ७५ जना पक्राउ

कोहलपुर, पुष १२,

भारत सरकारले काश्मीरी राजनीतिक नेता तथा कार्यकर्ता गरी ७५ जनालाई नियन्त्रणमा लिएको छ ।

काश्मीरको क्षेत्रीय राजनीति पार्टीले स्थानीय निर्वाचन जितेसँगै यस्तो कदम चालिएको हो । गत वर्ष काश्मीरको विशिष्ट स्थान हटाइएपछिको पहिलो स्थानीय निर्वाचनका रूपमा जिल्ला विकास परिषद्को निर्वाचन यसै साता सम्पन्न भएको हो ।

निर्वाचनपछि नयाँ दिल्लीले विपक्षीविरुद्ध कदम चलाउँदै आन्दोलन र हिंसालाई रोक्न धेरै जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा प्रतिबन्धित समूह जमात–ए–इस्लामीका पृथकतावादी नेता तथा कार्यकर्ता रहेका छन् । काश्मीरको स्वायत्तता पक्षधर पिपल्स एलायन्स फर गुप्कर डिक्लेरेसनकाले स्थानीय निर्वाचनमा २ सय ८० सिटमध्ये १ सय १२ सिट जितेका छन् ।

प्रधानमन्त्री मोदीको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टीले ७४ सिट जितेको छ । यस वर्षको निर्वाचन नोभेम्बर २८ देखि डिसेम्बर १९ सम्म आठ चरणमा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *