सरकारले मन्त्रीमण्डल विस्तार गर्नु अनुचित रहेको राजनीतिक विश्लेशकको टिप्पणी

कोहलपुर, पुष १२,

नेकपाका दुई समुह समानान्तर रुपमा बैठक र भेलाहरु चलाउँदै आफू नै आधिकारिक भएको दावी गर्दै आफ्नो पक्षमा जनमत बढाउने अभियानमा लागेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समुहले आफ्नो समुह नै आधिकारिक नेकपा भएको भन्दै केन्द्रीय समिति बैठक, भेला तथा प्रशिक्षणहरु गरिहरेको छ भने पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहले पनि बहुमत आफैसँग भएको भन्दै आफुहरु नै आधिकारिक भएको दाबी गर्दै आएको छ । तर एक अर्काले आफ्नो पक्षमा भन्दै गणना गरेका नेता कार्यकर्ताहरुले समूह फेरबदल गरिरहेका छन् ।

हिजो मात्रै हुम्लाका सांसद छक्कबहादुर लामाले नेकपा प्रचण्ड माधव समूहमा आवद्ध भएको बताए । पार्टी फुट्दा ओली समूहमा लाग्नु भएका लामाले बहुसंख्यक कार्यकर्ताले यता बस्नुपर्छ भनेर आग्रह गरेकाले आफू प्रचण्ड पक्षतिरै फर्किएको प्रतिक्रिया दिए । शिर्ष तहका अधिकांश नेताहरु आफ्नो कित्ता स्पष्ट पार्दै समुहमा विभाजित भइसकेका छन् भने केही अझै अन्योलमा नै देखिएका छन् । नेकपाका उपाध्यक्ष वामदेव गौतमले अझै पनि आफू तटस्थ रहेको बताए । हिजो प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएका नेता गौतमले आफू कुनै पक्षमा नलागेको तर संसद विघटनको भने विपक्षमा रहेको प्रतिक्रिया दिए ।

दुई नेताको बीचमा संसद विघटन र पार्टी विभाजनको अवस्थाबारे छलफल भएको थियो । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गर्दै गएको प्रति पनि आलोचना सुरु भएको छ । चुनावी सरकारले यसरी मन्त्रीमण्डल विस्तार गर्दै जानु गलत भएको राजनितिक विश्लेषकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *