प्रचण्ड र भट्टराईबीच भेटवार्ता, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल

१६ पौष, २०७४

काठमाडौँ : प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि राजनीतिक दलका श्रीष नेताहरुबीच भेटवार्ताको क्रम बढेको छ ।

पार्टी विभाजन गरेर छुट्टिएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईबीच आइतबार बिहान भेटवार्ता भएको छ । पार्टी विभाजनपछि एकले अर्काको आलोचना गर्दै हिँड्दै गरेका प्रचण्ड र भट्टराईबीच धेरैपछि मात्र भेटवार्ता भएको हो ।

बिहान १० दाहाल निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । दाहाललाई भेट्न पूर्वप्रधानमन्त्री भट्टराई पत्नी हिसिला यमीसहित खुमलटार पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *