ईलाका प्रशासन कार्यालय कोहलपुरबाट तीन स्थानीय तहका २६ वडाले सेवा लिदैं

बिधुत्मा रैका,
कोहलपुर, पुष १२,

कोरोनाको महामारीका बिचमा पनि ईलाका प्रशासन कार्यालय कोहलपुर बाँकेले आफ्नो नियमित कामहरु गरिरहेको छ ।

यस कोरोना महामारीको बिचमा नागरिकता फाँटमा काम गर्ने कर्मचारीलाई कोरोना संक्रमण देखिएको भएपनि तीन वटा स्थानीय तहहरुलाई दुई/दुई दिन पालो गरेर कुनै पनि दिन सेवा नरोकि नियमित सेवा प्रवाह भैरहेको ईलाका प्रशासन कार्यालय कोहलपुरका कार्यालय प्रमुख दिपेन्द्र रावलले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारीबाट प्रत्यायोजित नागरिकता सम्वद्ध कामहरुको अतिरिक्त अन्य प्रशासनिक आर्थिक तथा आवश्यक समन्वयका काम भैरहेका छन् । जस अन्तरगत मुख्य रुपमा नागरिकता वितरण, राहदानी, सिफारिस तथा प्रमाणिकरण गर्ने कार्यालय प्रमुख रावलले बताए ।

ईलाका प्रशासनमा वंशजको आधारमा मात्रै नागरिकता दिन मिल्ने बाँकी नागरिकताको कार्य जिल्ला प्रशासनबाटै हुने गरेको छ । अहिले ईलाका प्रशासन कार्यालयबाट तीन वटा स्थानीय तहका २६ वटा वडाका सेवा ग्राहीहरुलाई सेवा प्रवाह भैरहेको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिकाका ४ वडा, वैजानाथ गाउँपालिकाका ७ वडा तथा कोहलपुर नगरपालिकाका १५ वटै वडाका सेवाग्राहीहरुले ईलाका प्रशासनबाट सेवा लिईरहेका छन् ।

कोहलपुर ईलाका प्रशासनको कार्य क्षेत्रभित्र महेन्द्र राजमार्ग तथा रत्न राजमार्ग आसपासको मुख्य आवादि युक्त क्षेत्र भएको, तिव्र विकासको चरणमा रहेको, राष्ट्रिय निकुञ्ज नजिकै भएकोले हावापानी राम्रो भएका कारण अन्य क्षेत्रबाट बसाई सरी आउनेको चाप अन्य ठाउँभन्दा धेरै रहेकोले ईलाका प्रशासनमा पनि सेवाग्राही धेरै आउने गरेको रावलले बताए । कोरोना सन्त्रास बढिरहेको बेला समाजिक दुरी कायम गरि स्वास्थ्यका मापदण्ड अनुसार कार्यालयमा सेवा प्रवाह भैरहेको उनको भनाई छ ।

तस्बिर : सुभम श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *