आगामी तीनदिन देशैभरको मौसममा आंशिक रुपमा बदली हुने

कोहलपुर पुष ११,

तीन दिनसम्म देशैभरको मौसममा आंशिकरुपमा बदली हुने जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । शनिबार सुदूरपश्चिम, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम, आइतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश र सोमबार प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा मौसम बदली हुने अनुमान छ ।

शनिबार पनि तराईमा बाक्लो हुस्सु र अत्यधिक चिसो छ । जसका कारण वायुको पारदर्शितामा कमी भएकोले सडक यातायात र हवाई सेवासमेत प्रभावित हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो बेलामा यात्रा तय गर्दा सतर्कता अपनाउनसमेत महाशाखाले सचेत गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *