बेचविखनको जोखिममा रहेका महिलाको उद्दार गरि आत्मनिर्भर बनायौं–शाखा प्रमुख सुनार

बिधुत्मा रैका,
कोहलपुर, पुष ११,

बाँकेको कोहलपुरमा स्थापित थ्री एञ्जल नेपाल बाँकेले विगत लामो समय देखि मानव बेचविखन तथा ओसार पसार सम्बन्धि काम गरिरहेको छ ।

मानव बेचविखन तथा ओसार पसार नियन्त्रणका लागि निरन्तर खटिरहेको थ्रि एञ्जल नेपाल, कोहलपुरले मानव बेचविखनको जोखिममा परेका धेरै महिला तथा बालकालिकोको उद्धार गरिसकेको छ । विगत लामो समयदेखि बाँकेको कोहलपुरमा स्थापना भई प्रहरीको समन्वयमा मानव बेचविखन तथा ओसार पसार नियन्त्रणका लागि हातेमालो गरिरहेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरको साझेदारीमा थ्री एञ्जल नेपालले मानव बेचविखनको जोखिममा रहेका महिलाहरुका लागि सीपमूलक तालिम प्रदान गरि रोजगारीको सिर्जना समेत गराएको छ । अहिलेसम्म यस संस्थाको सहयोगमा बेचविखनको जोखिममा रहेका धेरै महिला तथा बालबालिकाहरुको उद्दार गरेको थ्री एञ्जल नेपाल, कोहलपुरका शाखा प्रमुख लोकेन्द्र सुनारले बताएका छन् । शाखा प्रमुख सुनारका अनुसार हालसम्म करिब ६५ भन्दा धेरै महिलाको उद्दार गरि सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाईएको छ ।

बेचविखनको जोखिममा रहेका महिलाहरुलाई स्थानीय सरकारको सिफारिस अनुसार थ्री एञ्जल नेपाल, पोखरा पठाएर सिलाई कटाई तथा ब्युटि पार्लर तालिम दिने गरेको सुनारले बताए । तालिम लिईसकेपछि सस्ंस्थाको माईक्रो फाईनान्सबाट ३० हजार ऋण दिएर उनीहरुलाई व्यवसायिक बनाउने गरेको उनले बताए ।

मानव बेचविखन मुक्त समाजको निर्माण, उद्दार रोकथाम र पुनस्र्थापनाको माध्यमबाट मानव बेचविखनको अन्त्य, समाजमा सचेतना फैलाई मानव बेचविखन र यौन हिंसा न्यूनीकरण गर्ने, समाजलाई मानव बेचविखन मुक्त एवं आत्मनिर्भर बनाउने तथा गुणस्तरिय शिक्षा, जनचेतना र सुरक्षित पुनस्र्थापना गर्ने यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *