प्रक्रिया पुर्याएर विकास निर्माण कार्यमा जुट्न उपभोक्ता समितिलाई अध्यक्ष चौधरीको आग्रह

दिप्तीशिखा चौधरी, दंगीशरण,
कोहलपुर, पुष ११,

दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले वडामा हुने कुनै पनि विकासे काममा लगनशिल भई प्रक्रिया पुर्याएर काम गर्न वडाका उपभोक्ता समिति का पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।

कुनै पनि काम गर्न भन्दा पहिले कागजी प्रक्रिया मिलाउन आवश्यक हुने बताए । दंगीशरण गाउँपालिका वडा नं. ३ को आयोजनामा भएको उपभोक्ता समिति सञ्चालन अभिमुखिकरण तालीमको उद्घाटन गर्दै अध्यक्ष चौधरीले यस्तो बताए । कार्यक्रमको अबसरमा वडा न. ३ का अध्यक्ष पुर्ण बहादुर चौधरीले वडामा हुने कुनै पनि विकासे कामलाई गुणस्तरीय बनाउने बताए । वडामा बिश्वासिलो उपभोक्ता समिती गठन गरि कतैबाट पनि बेरुजी नहुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो ।

तालीममा योजना शाखा प्रमुख लेखनाथ आचार्य, लेखा शाखाका भरत के.सि, सबईञ्जिनियर मुकेश बि.सि.ले सहभागीहरुलाई उपभोक्ता समितीले गर्न हुने काम र कर्तब्य, उपभोक्ता समितिको गठन प्रक्रिया र आवश्यक कागजपत्रहरु, उपभोक्ता समिमितीका सदस्यको योग्यता, उपभोक्ता समिति गठनको नमूना, उपभोक्ता समितिको काम, कर्तब्य र अधिकार, उपभोक्ता समितिको भौतीक तथा बित्तीय प्रगती प्रतिवेदन लगाएतका बिषयमा जानकारी गराएका थिए ।

आर्थिक बर्ष २०७७÷०७८मा परेका योजनाहरु अन्र्तगत वडा तथा टोलमा हुने बिभीन्न खाले बिकाशे कामका लागि उपभोक्ताका पदाधिकारीहरुलाई काम गर्न सहज होस् भन्ने उद्धेश्यले दङ्गीशरण गाँउपालिकाले तालिमको आयोजनन गरेको हो । कार्यक्रमको शहरीकरण स्टोर प्रमुख मस्तविर चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *