नेपाल–प्रचण्ड समूहको प्रदर्शन–‘हामी यहाँ छौँ’

कोहलपुर, पुष १०,

नेकपा प्रचण्ड–नेपाल समूहका मुख्य तीन शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल सडक आन्दोलनमा उत्रिएका छन् ।

पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार अरु नेताहरुसँगै उहाँहरु माइतीघर मण्डलाको प्रदर्शनमा सहभागी भएका हुन् । ‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर सडकमा पलेँटी कसेर बसेको उहाँहरुको तस्बिरको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने पूर्वघोषित कार्यक्रमअनुसार नेताहरु माइतीघर मण्डलामा पुगेर प्रदर्शन थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *