राजश्व छलीका तीन घटनामा २० करोड विगो माग दावी गर्दै मुद्दा दर्ता

कोहलपुर, पुष १०,

राजश्व छलीका तीन घटनामा २० करोड रुपैयाँ विगो माग दावी गर्दै राजस्व अनुसन्धान विभागले विभिन्न फर्मका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागका अनुसार १९ करोड ९६ लाख रुपैयाँ विगो असुल, जरिवाना र कैद सजायसमेत माग गरी उच्च अदालत पाटनमा दुई र उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा एउटा मुद्दा दर्ता भएको छ । विभागका अनुसार झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा कविला सप्लायर्स सेन्टरका संचालक भारतीय नागरिक किशोर चौधरीविरुद्ध २ करोड १४ लाख विगो माग गरी मुद्दा दायर गरिएको छ ।

यस्तै धनुषा स्थायी घर भई ललितपुर बस्ने शिवम प्याकेजिङ एण्ड सप्लायर्सका सञ्चालक सितादेवी जैसवालबाट ५ करोड ५५ लाख, काँडाघारस्थित श्री गौतम सप्लायर्सका सञ्चालक मुकेशप्रसाद चौधरीबाट ५ करोड ३२ लाख विगो माग गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *