संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको निवेदनमाथि सुनुवाई हुँदै

कोहलपुर, पुष १०,

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले आज सुनुवाइ गर्ने तालिका रहेको छ । संवैधानिक इजलासमा एउटा निवेदन दर्ता भएको छ भने १२ थान बुधबार प्रधानन्यायाधीश राणाको एकल इजलासले पठाएको थियो । यी सबै निवेदनलाई एकै पटक पेशीमा राखेर सुनुवाइ हुने छ। संविधानको धारा ७६ को व्याख्याको विषय भएको भन्दै विघटनविरुद्धका निवेदन संवैधानिक इजलासमा पठाइएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित ९ जना न्यायाधीशहरु छन् । जसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *