पोखरा गहना पसल नयाँ व्यवस्थापनका साथमा

बिधुत्मा रैका,
कोहलपुर, पुष ९,

बाँकेको कोहलपुरमा विगत लामो समयदेखि सेवा दिईरहेको पोखरा गहना पसल नयाँ व्यवस्थापनका साथै नयाँ स्वरुम आफ्नै निवासबाट सुभारम्भ भएको छ ।

विगत लामो समयदेखि भाडामा सञ्चालन भैरहेको पोखरा गहना पसलले आफ्नै भवनबाट सेवा सुभारम्भ गरेको हो । बाँके सुन चाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष तथा पसलका संचालक बाल कृष्ण दियालीको अध्यक्षतामा बिहीबार कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले नयाँ स्वरुमबाट सेवा सुभारम्भ गरेको गहना पसलको दीप प्रज्वलन गरि उद्घाटन गरेका हुन् ।

पसलको उद्घाटन गर्दै प्रमुख बहादुर रावतले व्यवस्थित तरिकाले पसल सञ्चालन गर्न लागेकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रमुख रावतले यस पसलले ग्राहकको मन जित्नेमा आफु विश्वस्त रहेको उल्लेख गरे । उनले ग्राहकको विश्वासिलो तथा भरपर्दाे गहना पसल बन्न आग्रह गरेका छन् । उद्घाटन कार्यक्रममा नेपाल सुन चाँदी व्यवसायी संघ केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष बुद्धि बहादुर विश्वकर्माले कोहलपुर उद्योग वाणिज्य संघका महासचिब तेज प्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रमको समापन गर्दै पसलका संञ्चालक दियालीले पसलको उद्घाटन सत्र पुष १५ गतेसम्म रहने संचालक दियालीले बताए । दियालीले ग्राहकलाई नयाँ ठाउँबाट समेत सेवा दिन पसल सञ्चालन गरिएको सुनचाँदी पसलबाट शुद्ध र गुणस्तरीय सुन चाँदी विक्रि वितरण गर्ने बताएका छन् । उद्घाटन सत्र अवधीभर सुन चाँदीको कारोबार गर्ने ग्राहकहरुका लागि केही प्रतिशत ज्यालामा छुट, आकर्षक उपहार जस्ता विषेश आकर्षण समेत राखिएको उनले जानकारी दिए ।

उनले विश्वास सबैभन्दा ठूलो सम्पत्ती भएको बताउँदै विश्वासका साथ ग्राहकहरुलाई सेवा सुविधा दिने प्रतिवद्धता व्यक्त गरे । पोखरा गहना पसलमा आधुनिक तथा परम्परागत गरगहनाहरुको बिक्री तथा निर्माण गरिन्छ । सुनचाँदी, हिरा, मोती र पत्थरलगायतका गरगहना अर्डर बमोजिम बनाइने र रेडिमेड पनि उपलब्ध रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *