बेलायतबाट आएकाहरुको निःशुल्क पिसिआर गर्न प्रयोगशालालाई सरकारको निर्देशन

कोहलपुर, पुष ९,

सरकारले बेलायतबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट पुस १ गतेदेखि ७ गतेभित्र नेपाल प्रवेश गरेकाहरुलाई १० दिन अनिवार्य होटल क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो । बेलायता हालै मात्र नयाँ प्रजातीको कोरोना भाइरस देखिएको भन्दै मन्त्रालयले बेलायतबाट वा बेलायतको बाटो हुँदै नेपाल आएका सबैलाई अनिवार्य होटल क्वारेन्टाइनमा बस्न र पिसिआर परीक्षण गर्न पनि आग्रह गरेको हो ।

साथै सरकारी स्वास्थ्य प्रयोगशालामा आरटी पिसिआर परीक्षण गर्दा निःशुल्क परीक्षण गर्न सबै प्रयोगशालालाई आग्रह पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *