प्रतिनिधिसभा विघटनविरुद्ध परेका सिटको सुनुवाई प्रधानन्यायाधीश जबराको इजलासमा हुने

कोहलपुर, पुष ८,

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने पक्का भएको छ ।

एक दर्जन निवेदनहरुको सुनुवाइका लागि सर्वोच्च अदालतले बुधबार प्रधानन्यायाधीश जबराको एकल इजलास गठन गरेको हो । सर्वोच्चमा प्रतिनिधिसभा विघटनसम्बन्धी १२ वटा निवेदनहरु एकसाथ पेस भएका छन् ।

नेकपाको प्रचण्ड–नेपाल समूहसहित विभिन्न अधिवक्ताहरुले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय र राष्ट्रपतिको कार्यलयलाई विपक्षी बनाइएको छ । प्रतिनिधि सभा विघटनको घोषणा भएसँगै कानुनविदहरुले यसबारे सर्वोच्चको संवैधानिक इजलाशले निकास दिनुपर्ने बताईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *