औपचारिक घोषणा नगरे पनि नेकपा विभाजन

कोहलपुर, पुष ८,

नेताहरुले औपचारिक घोषणा नगरे पनि मंगलबारदेखि नेकपा विभाजन भएको छ ।

छुट्टाछुट्टै ठाउँमा बसेको दुई समूहको केन्द्रीय कमिटी बैठकले फरक फरक निर्णय गरेसँगै पार्टी विभाजन भएको हो । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको र बबरमहलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्यो । दुवै समूहले आफ्नो समूहलाई आधिकारिक नेकपा बताउँदै एकले अर्काको आलोचना गरेका छन् ।

ओली र दाहाल–नेपाल समूह दुई समूहमा विभाजित भएसँगै नेकपाका नेता कार्यकर्ता पनि दुईतिर विभाजित भएका छन् । यद्यपि केही नेता अझै पनि कुनै समूहमा सहभागी नभई तटस्थ रहेका छन् । केही नेता कार्यकर्ताले भने अझै पार्टी एकतामा जोड दिइरहेका छन् । तर पार्टी एकता भएको साढे दुई वर्षमै नेकपा दुई टुक्रा भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *