आफ्नो ठाउँ कपडा व्यापारीले हडपेको फलफुल व्यापारीको आरोप

बिधुत्मा रैका,
कोहलपुर, पुष ८,

बाँकेको कोहलपुरमा अधिकांश मानिसहरु ठेला व्यवसाय गरिरहेका छन् । यहाँका अधिकांश मानिसहरुको रोजिरोटी नै ठेला व्यवसाय हो । ठेलामा तरकारी तथा फलफुल बेचेर बालबच्चाको शिक्षा दिक्षादेखि लिएर घरखर्च पनि त्यही व्यवसायको भरमा चलिरहेको छ ।

स्वरोजगार भएर आयआर्जन गरिरहेका उनीहरुलाई कोहलपुर नगरपालिकाले बेला बेलामा दुःख दिएको ठेला व्यवसायीले दुखेसो गरेका छन् । कोहलपुर नगरपालिकाको खुल्लामञ्च छेउको सडक पेटीमा नास्ता, फलफुल तथा तरकारी व्यवसायका लागि ठाउँ दिईएको थियो । तर पछिल्लो समय सोही ठाउँमा कपडा व्यापारीहरुले व्यापार गर्न थालेको उनीहरुले बताए ।

फुटपाथ पसल गरिरहेका फलफुल, तरकारी तथा नास्ता व्यापारीहरुको ठाउँ ओगटेर कपडा व्यापारीहरु बसेको फलफुल व्यवसायी ज्योति परियारले बताईन् । यसअघि ‘सहरको सभ्यता र सौन्दर्य बिग्रँदै गएको भन्दै फुटपाथ व्यापारीलाई निश्चित ठाउँ तोकिएको थियो । कपडा व्यापारी, फलफु तथा तरकारी व्यवसायका लागि फरक फरक स्थानमा व्यापारका लागि ठाउँ तोकिएको थियो तर अहिले फलफुल तथा नास्ता व्यापारीको ठाउँ पनि कपडा व्यापारीले जबरजस्ती ओगटको परियारले बताईन् । आफुलाई तोकिएको ठाउँ कपडा व्यापारीले लिएपछि नगरपालिसँग आफ्नो ठाउँ फर्काईदिन आग्रह गरेकी छिन् । यसका लागि आफुहरु पटक पटक नगरपालिका धाएको तर आफ्नो कुराको सुनुवाई नभएको फुटपाथ व्यापारीको आरोप छ ।

सो स्थानबाट कपडा व्यापारी हटाएर कपडा व्यापारका लागि दिईएको ठाउँमा राख्नु पर्ने तथा आफुलाई व्यापारका लागि उचित ठाउँ दिनुपर्ने फलफुल तथा नास्ता व्यापारीको माग छ । उनीहरुले नगरपालिकासँग डराएर व्यापार गनुपर्ने अवस्थाको सिर्जना भएको गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *