प्रचण्ड–नेपाल सरकारलाई असफल बनाउने प्रयासमा छन्–ओली

कोहलपुर, पुष ७,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले सरकारलाई असफल बनाउन प्रयास गरिरहेको बताएका छन् ।

मङ्गलबार बालुवाटारमा आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको भेला गर्दै प्रधानमन्त्री ओलीले महाअभियोग लगाउने तथा अविश्वास प्रस्ताव राख्ने गतिविधि गरिरहेकोले पार्टीले गति लिन नसकेको बताए । कार्यक्रममा ओलीले ११ महिनाभित्र महाधिवेशन गरिसक्ने बताबताएका छन् ।

उनले अब चुनावको तयारीमा जुट्ने बताए । केन्द्रीय कमिटी सदस्यहरूको भेलामा ओलीले एक हजार एक सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । नेकपाको अहिले कायम रहेको चार सय ४७ केन्द्रीय समिति सदस्यमा पाँच सय ४७ सदस्य थप गरे । भने बाँकी एक सय ९६ सदस्यपछि थपिने व्यवस्थासमेत बैठकले गरेको छ ।

ओली पक्षले २०७८ मङ्सिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको छ । मनोनीत महाधिवेशन आयोजक समिति सदस्यहरूलाई अध्यक्ष ओलीले मङ्गलबार नै सपथ ग्रहणसमेत गराउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *