मानव वेचविखनका अभियुक्त १२ वर्षपछि पक्राउ
कोहलपुर, पुष ७,
मानब बेचबिखन मुद्दामा अदालतवाट दोषी ठहर भइ कैद फैसला गरिएका एक जना फरार अभियुक्त नुवाकोटमा १२ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ गरी अभियुक्तलाई कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको छ । झापा जिल्ला अदालतवाट गत २०६५ साल माघ २० गतेको फैसला अनुसार मानब बेचबिखनको २(दुई) वटा छुट्टाछुट्टै मुद्दामा दोषी ठहरिई कैद तोकिएका एक अभियुक्तलाई नुवाकोटको दुर्गम उर्लेनीमा लुकिछिपी वसिरहेको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मानब बेचबिखनको एउटा मुद्दामा ३ बर्ष ९ महिना १ दिन र अर्को मुद्दामा ५ वर्ष कैद सजाय तोकिएकोमा पक्राउ परेका वृद्ध फैसला लगत्तै फरार रहेकोमा नुवाकोटको तादी गाउंपालिका–१ अर्थात् साबिक उर्लेनी गाबिस २ उर्लेनीका ६४ वर्षिय सन्जबहादुर तामाङलाई गाउँमा पहिचान लुकाईछुपाई वसिरहेको क्रममा पक्राउ गरि जिल्ला अदालतमान पेश गरिएकोमा अदालतले कारागार चलान गरेको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलवहादुर कार्कीले जानकारी दिए ।