रेमिट्यान्स भित्रिने क्रम वृद्धि

कोहलपुर, पुष ७,

विश्वव्यापी महामारीको समयमा वैदेशिक रोजगारीमा जानेहरुको संख्या ९६ प्रतिशतले घटे पनि रेमिट्यान्स भित्रिने क्रममा भने वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू वर्षको पहिलो चार महिनामा ११ दशमलब २ प्रतिशतले रेमिट्यान्स भित्रिने क्रम बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा तीन खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन, गत वर्षको यही अवधिको तुलनामा ११ दशमलब २ प्रतिशतले बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *