काँग्रेस र जसपाको पनि केन्द्रीय समिति बैठक बस्दै

कोहलपुर, पुष ७,

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र आगामी रणनीति तय गर्न नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले आआफ्नो पार्टीको बैठक बोलाएका छन् ।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेललले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको उहाँको भनाइ छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैटक पनि बस्दैछ ।

जसपाका नेता महोम्मद इस्तियाक राईका अनुसार मध्यान्ह् १२ काठमाडौँमा उपलब्ध नेताहरूलाई बैठकमा आउन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *