टिकटकले लियो थापाको ज्यान

कोहलपुर, पुष ६,

दाङमा टिकटक भिडियो बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान ज्यान गएको हो ।

गएको शनिबार दिउँसो दुई बजेतिर बबई गाउँपालिका ५ हापुरेको पुरन्धारा छहरा नजिक रहेको झोलुङ्गे पुलबाट टिकटक बनाउने क्रममा थापा खसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *