प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने
कोहलपुर, पुष ६,
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
अहिले केही बेरपछि प्रधानमन्त्री निवास बालुवाटारबाट ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । आइतबार प्रतिनिधि सभा विघटन गरेका ओलीले अहिले भइरहेको चौतर्फी आलोचनालाई मध्यनजर गर्दै सम्बोधन गर्न लागेको बुझिएको छ ।
प्रतिनिधि सभा विघटन भइ ताजा जनादेशका लागि नयाँ चुनावको मिति आइतबार तय भएपछि यस विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । संसद् विघटनपछि नेकपासहित अन्य पार्टीहरूले विरोध गइरहेका छन्, देशैभरि प्रदर्शन भइरहेको छ ।