प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय

कोहलपुर, पुष ६,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

आईतबार बसेको नेकपा स्थायी कमिटि बैठकले सो निर्णय गरेको हो । यो प्रस्ताव भोलि ७ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकबाट अनुमेदन गराउने तयारी भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि बसेको नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको बैठकपछि नेकपाका नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । उनले यसको राजनीतिकसँगै कानुनी उपचार खोज्ने पनि बताए ।

पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै स्थायी कमिटी बैठकले अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *