नेकपा संसदीय दलको बैठक बस्दै, दलहरु आन्तरिक छलफलमा

कोहलपुर, पुष ६,

प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणासँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

सोमबार बिहानैबाट छलफलहरु सुरु भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहितका विपक्षी दलहरुको बैठक सोमबार बस्दैछ । नेकपा एमालेले स्थायी समितिको बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू निकट नेता र सांसदहरुसँग छलफल सुरु गरिसकेका छन् । प्रधानमन्त्री ओलीले हिजो मन्त्रिपरिषद्को बैठक राखेर प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते नयाँ चुनावको घोषणा गरेकी थिईन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा नेकपा संसदीय दलको बैठक बस्ने बताइएको छ ।

दिउँसो ३ बजे स्थायी कमिटीको बैठक पनि बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसद विघटन गर्ने निर्णय गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेपछि उत्पन्न परिस्थितिको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *