ओली पक्षिय नेता तथा विघटित प्रतिनिधिसभाका सदस्यसँग छलफल

कोहलपुर, पुस ६,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका नेता तथा विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल गर्दै छन् ।

प्रधानमन्त्री निकास बालुवाटारमा छलफल भइरहेको छ । बैठकमा प्रतिनिधिसभा भङ्ग भएपछिको अवस्था र घोषणा गरिएको मध्यावधि चुनावको विषयमा छलफल भइरहेको छ । ओली निकटका नेताले प्रतिनिधिसभा विघटन गर्नु बाध्यात्मक परिस्थिति भन्दै आएका छन् ।

हिजो मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गर्दै आउँदो वैशाख १७ र २७ गते चुनावको घोषणा गरेका थिए । प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको विषयमा नेपाली कांग्रेससहित विपक्षी दल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै असन्तुष्ट पक्षले छुट्टाछुट्टै छलफल गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *