संसद विघटन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने अनेरास्ववियू केन्द्रीय सदस्य विष्टको चेतावनी

कोहलपुर, पुष ५,

बाँकेको कोहलपुर चौराह र न्यूरोडमा आईतरबार विद्यार्थीहरुले आन्दोलन गर्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि विद्यार्थीहरुले कोहलपुरमा आन्दोलनको घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र एकलौटी रुपमा संविधानको धज्जी उडाउँदै संसद विघटन गरेको भन्दै कोहलपुरमा नेकपाले आन्दोलन गर्ने अनेरास्ववियूका केन्द्रीय सदस्य राजेन्द्र विष्टले बताए ।

संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने अनेरास्ववियूका केन्द्रीय सदस्य राजेन्द्र विष्टले चेतावनी दिएका छन् । विद्यार्थीहरूको संयुक्त मोर्चा बनाएर आन्दोलन अगाडि बढ्ने अनेरास्ववियुका केन्द्रीय सदस्य राजेन्द्र विष्टले बताएका छन् । विद्यार्थी नेता विष्टले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई एकलौटी रुपमा नरहेको बताए । उनले अहिले संसद विघटन नै गर्नुपर्ने अवस्था पनि नरहेको र विघटन गर्न सिफारिस गर्न पाउने अधिकार संविधानले समेत नदिएको बताए ।

अब यो कदमबारे राष्ट्रपति भण्डारीले विवेक प्रयोग गर्नुपर्ने सम्पूर्ण विद्यार्थीको भनाई छ । सिफारिस कार्यान्वयन गराइयो भने त्यसपछिको अवस्थाको जिम्मेवारी राष्ट्रपति भण्डारीले पनि लिनुपर्ने आन्दोलनरत विद्याथीहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *