प्रचण्ड र नेपाल पक्षका मन्त्रीहरूको सामूहिक राजीनामा दिने तयारी

कोहलपुर, पुष ५,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

संसद् विघटनपछि प्रचण्ड र नेपाल पक्षका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् । पूर्वमाओवादी पक्षका उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री विना मगर, श्रममन्त्री रामेश्वरराय यादव र नेता नेपाल पक्षका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन् ।

बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने निर्णय सुनाएपछि मन्त्रीहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुसाल, वर्षमान पुनलगायतले विरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *