नयाँ बर्षको अवसरमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोहलपुर, पुष ५,

विश्व स्वास्थ्य संगठनले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भिडभाँड नगर्न र कुनै समारोहहरु नगर्न सुझाव दिएको छ ।

युरोपका देशहरुमा नयाँ वर्षको अवसरमा विदा मनाउनका लागि नागरिकहरुले ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने भएकोले त्यसो नगर्न आग्रह गरेको हो । यदि त्यसो गरिएमा युरोपेली देशहरुमा अहिले पनि महामारी देखिएको र त्यो महामारीले सबैलाई प्रभाव पार्न सक्ने चेतावनी पनि विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको बताईएको छ ।

विश्व स्वास्थ्य संगठनका युरोप क्षेत्रीय निर्देशक ह्यान्स कलगले एक विज्ञप्ति प्रकाशन गरी यस्तो सुझाब दिए । उनले अहिले पनि युरोपका कतिपय देशहरुमा महामारीको दोस्रो लहर आएको र यसले गर्दा युरोपका देशहरुमा मानसिक स्वास्थ्यको अवस्था देखिएकोले सजगता अपनाउन आह्वान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *