डोटीको आर्दश गाउँपालिकामा गाडी पुगेपछि स्थानीय खुसी

कोहलपुर, पुष ५,

डोटीका सवै स्थानीय तहरूले सडक निर्माणको कामलाइ प्राथामिकता दिएका छन् ।

डोटीको सबैजसो नगरपालिका र गाउँपालिकालाइ सडक संजालले छोइसकेको छ । सबैभन्दा बिकट मानिएको आर्दश गाउँपालिकामा पनि गाडी पुगेपछि स्थानीय खुसी भएका छन् । डोटीका नौ वटा स्थानीय तहहरूमध्ये आदर्श गाउँपालिकालाइ बिकट पालिकाको रुपमा लिइन्छ ।

भौगोलिक कठिनाइका कारण आर्दश गाउँपालिकामा सडक खन्नु नै चुनौतीपूर्ण थियो । तर अहिले गाउँमा सडक पुगेपछि नागरिक खुसी भएका छन् । गाउँपालिकामा गाडी चल्न थालेपछि उत्पादन गरेका अन्नबाली बिक्रि गर्न बजार सम्म लैजान तथा उपचारका लागि अस्पताल सम्म पुग्नको लागि सजिलो भएको भएको स्थानीय चक्र थापा बताउँछन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि जनप्रतिनिधिले सडक निर्माणको कामलाइ प्राथामिकतामा राखेका छन् ।

पहिले गाउँमा मोटरबाटो नहुँदा ८÷१० घण्टा भन्दा बढी हिडेर दिपायल जानुपर्ने बाध्यतामा रहेका आर्दश गाउँपालिकाका नागरिक सडक र यातायातको सुबिधाका कारण खुसी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *