२४ घण्टामा ११सय७५ जना कोरोना सङ्क्रमणमुक्त
कोहलपुर, पुष ५,
पछिल्लो २४ घण्टामा थप ११सय७५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४२ हजार ५६७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यसअघि हिजोको तथ्यांक अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ थियो ।
पछिल्लो २४ घण्टामा थप७१० जनामा कोरोना भाइरस पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७ सय ८० नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ ।