यस वर्षको पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक

कोहलपुर, पुष ४,

यस वर्षको पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हिजो पत्रकार सम्मेलन गर्दैवर्षका ५ चर्चित खेलाडीको सुचि सार्वजनीक गरेको हो । विधामा पौडी तर्फका गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलका अरुणा शाही, बास्केटबलका सदिना श्रेष्ठ र फुटबलका सावित्रा भण्डारी परेका छन् ।

यो वर्ष समेत विभिन्न १० विधाका खेलाडी र खेलकर्मीलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । यस्तै युरोपेली फुटबल महासंघ (युईएफए)ले सन् २०२१ मा हुने उमेर समुहको१७ वर्ष मुनिको फुटबल प्रतियोगिता रद्द गरेको छ ।कोरोनाको खतरालाई कारण देखाउँदै युईएफएले अर्को वर्ष हुने १७ वर्ष मुनिकोमहिला र पुरुष युरोपियन च्याम्पियनसिप रद्द गर्ने निर्णय गरेको हो ।

दुवै प्रतियोगिता तालिका अनुसार आगामी वर्ष मे महिनामा हुने तय थियो । युईएफएको कार्यकारी समितिले वार्षिक क्यालेन्डर अनुसार १९ वर्ष मुनिको च्याम्पियनसिप भने निर्धारित समयमैहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *