विश्वभर कोरोना सङ्क्रमितको संख्या ७ करोड ५८ लाख नाघ्यो

कोहलपुर, पुष ४,

कोरोना महामारी सुरु भएको एक वर्ष हुन लागेको छ ।

यस अवधिमा विश्वभर कोरोना सङ्क्रमित थपिने क्रम निरन्तर जारी छ । पछिल्लो समय विश्वभर एकैदिन कोरोना सङ्क्रमित थपिने दर ५ लाख नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।

तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा ७लाख २ हजार ५ सय ८२ जना नयाँ कोरोना सङ्क्रमित विश्वभर थपिएका छन् । योसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या ७ करोड ५९ लाख ८७ हजार ३ सय ६७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर थप १२ हजार २ सय ३० जनाकोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ लाख ८० हजार २ सय ५९ पुगेको छ ।

यस्तै हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये ५ करोड ३२ लाख ४९ हजार १ सय ८३ जना स्वस्थ भएका छन् । हाल विश्वभर सक्रिय सङ्क्रमितको संख्या २ करोड १० लाख ५७ हजार ९ सय २५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *