चिनको नेलाम काउन्ट्रीद्वारा चार पालिकालाई सहयोग

कोहलपुर, पुष ४,

चिन सरकारको तिब्बत नेलाम काउन्ट्रीले सिन्धुपाल्चोकका चार पालिकालाई वस्तुगत सहयता सामग्री सहयोग प्रदान गरेको छ ।

आपतकालिन सामग्रीहरु जिल्लाका ४ पालिकाका लागि प्राप्त सामग्री सभामुख अग्निप्रसाद सापकोटाको पहलमा आएको हो । सहायता सामग्री टेण्ड २ सय ४० थान र व्ल्याङ्केट ३ सय थान रहेको छ । कार्यक्रममा सभामुख सापकोटाले नेपाल चिनबीचको फरक महत्त्व बोकेको तातोपानी नाका छिट्टै अझै व्यबस्थित ढङ्गबाट सञ्चालन हुनेमा आफू विस्वस्थ रहेको बताए ।

सहयागी सामाग्री सभामुख सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सिंङ तामाङ, भोेटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल, बाह्रबिसे नगरपालिका र जुगल गाँउपालिकाको प्रतिनिधीलाई हस्तान्तरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *