नेपाली सेनाद्वारा गल्फागाडको बेलीब्रीज जडान कार्य सम्पन्न

कोहलपुर, पुष ४,

लकडाउनका कारण लामो समयसम्म निमार्णाधिन रहेको हुम्ला अदानचुलीमा रहेको गल्फागाड बेलीब्रीजको जडान कार्य सम्पन्न भएको छ ।

गत वर्षको माघ महिनादेखि सुरु भएको बेलीब्रीज हिजो नेपाली सेना कर्णाली करिडोर निमार्ण कार्यदलले सम्पन्न गरेको हो । जडान कार्य सम्पन्न भएपनि सवारी सञ्चालन भने तत्काल गर्न नमिल्ने बताइएको छ । जडान सकिए पनि बेलीब्रीजको दुबै तर्फड्याम बनाउन बाँकी रहकाले करिब २ हप्तादेखि एक महिनासम्म लाग्न सक्ने नेपाली सेनाले जनाएको छ ।

३ दिनको समय लगाएर गल्फागाडको बेलीब्रीज जडान गरिएको हो । गल्फागाडको पु निमार्ण कार्य सम्पन्न भए सँगै सर्केगाड गाउँपालिका,मुगु लगायत तुम्च बालुकुना आवतजावत गर्न सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *