बाजुरामा तरकारीको मूल्य आकाशियो

कोहलपुर, पुष ४,

बाजुरामा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।

बाजुराका विभिन्न स्थानिय बजारमा बिक्रि वितरण भइरहेका दैनिक उपभोग्य वस्तुको मूल्य छोई नसक्नुभएको हो । बाजुराका ब्यापारीक केन्द्र कोल्टी, पीलुचौर, धुलाचौर र भारतीकौषाडी हाटबजार लगायतका स्थानिय बजारमा खाद्यान्न भन्दा तरकारीको मूल्य अत्याधिक वृद्धि भएको स्थानिय बताउँछन् ।स्थानिय स्तरमा उत्पादित तरकारीको दर रेट कायम नहुँदा तरकारी व्यापारीले फरक–फरक मूल्य कायम गर्दा उपभोक्ता समस्यामा परेका हुन् ।

लकडाउनको समस्या देखाउँदै कोल्टीका व्यापारीहरुले तरकारीको मूल्य दिनप्रतिदिन वृद्धि गर्दै आएका उपभोक्ताको गुनासो छ । पहिले ३० रुपैयाँमा पाईने आलुको मूल्य अहिले किलोको ७० पुगेको छ । त्यस्तै प्याज किलोको २ सय ६० पुगेको र टमाटरको मूल्य १ सय रुपैयाँ पुगेको छ ।स्थानिय स्तरमा उत्पादन भएको तरकारीको अभाव कायमै रहेको र बाहिरबाट तरकारी आयात नहुँदा मूल्य वृद्धि भएको व्यावसायीहरुको भनाइ छ ।

स्थानिय सरकारले बजार व्यवस्थापन गरिदिन तरकारी किसानले आग्रह गरेका छन् । तरकारीको मूल्य कायम र उचित बजारको व्यवस्थापन नहँुदा किसानले फलाएको तरकारी सदुपयोग हुन नसकेको किसानहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *