पाठ्यपुस्तक छपाइ अझै अन्योलमा

 यो वर्ष कर्णालीमा पाठ्यपुस्तक अभाव हुने देखिएको  छ । कर्णालीका मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला र कालिकोट जिल्लामा नयाँ शैक्षिक सत्र फागुन १ गतेदेखि सुरु हुन्छ । माघ १० गतेदेखि पुस्तक बिक्रेताहरु किताब लिन आउँछन् । तर पुस महिना आधा सकिसक्दा पनि पुस्तक छपाइको सुरसार छैन । यसको प्रमुख कारण दुई पैसामा कुरा नमिल्नु हो ।

यो वर्षदेखि कक्षा ३ देखि ५ सम्म रंगीन पाठ्यपुस्तक छपाइ गर्नुपर्ने हुन्छ । गत वर्ष १ र २ कक्षाका लागि मात्रै रंगीन पाठ्यपुस्तक छपाइ भएको थियो ।

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइ गर्ने जिम्मा पाएको निजी प्रकाशकले प्रतिपेज ५२ पैसा पाउनुपर्ने माग गर्दै आएका छन् । तर सरकारले प्रतिपेज ५० पैसा दिन सकिने बताएको छ । दुई पैसामा कुरा नमिलेपछि बैठकको माइन्युटमा निजी प्रकाशकका प्रतिनिधि दीपक भण्डारीले हस्ताक्षर गर्न मानेका छैनन् ।

त्यतिमात्रै होइन पाठ्यक्रम विकास केन्द्रले निजी पुस्तक प्रकाशक र विक्रेताको सूची हालसम्म सार्वजनिक गर्न पनि  छैन  ।

नेपाल समाचारपत्र दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *