दुई महिना भित्र सम्पती विवरण बुझाउन निर्देशन

कोहलपुर, पुष ३,

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विकास समितिहरुलाई दुई महिना भित्र सम्पती विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् ।

मन्त्रालय अन्र्तगतका संस्कृत सम्बद्ध निकाय (विकास समिति)हरुको अन्र्तक्रिया कार्यक्रममा मन्त्री भट्टराईले विकास समितिलाई गुरुयोजना निर्माण गरी अघि बढ्न निर्देशन दिदै गुरु योजनानिर्माण भए मन्त्रालयमा पेश गर्न तथा नभए तत्काल निर्माणको कार्य थालनी गर्न आग्रह समेत गरे । मन्त्री भट्टराईले विकास समितिहरुलाई छाता ऐन बनाएर एकिकृत गर्ने योजना भएको बताउदै महिना दिन भित्र सुझाव दिन सवैलाई आग्रह गरे ।

उनले विकास समितिहरुले मितब्यहिता अपनाउन साथै भेटिपाती पारदर्शिता तथा ब्यवस्थित गरी लेखा परिक्षण अनिवार्य गर्न तथा बेरुजु फस्यौट गर्न तर्फ लाग्ने निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *