संसद् भवनको भाडा एक अर्ब ६८ करोड

काठमाडौँ, १६ पुस,२०७४: संसद् भवन नहुँदा बैठकका लागि भाडावापत एक अर्ब ६८ करोड खर्च हुने भएकाे  छ ।

सरकारले संघीय संसद्का लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको छ ।

यसअघि संविधानसभा बैठक पनि भाडामा लिएर सोही भवनमा सञ्चालन भएको थियो भने संविधान जारी भएपछि संसद् बैठक पनि त्यहीँ बसेको थियो ।

संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई वार्षिक १५ करोड भाडा बुझाउने सम्झौता भएको छ । सम्झौतामा बर्सेनि कति बढाउने उल्लेख छैन तर न्यूनतम १० प्रतिशत बढाउने सहमति भएको स्रोतलाई उद्धृत गर्दै नागरिकले लेखेको छ ।

नागरिक दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *