आगामी साताबाट अनलाइनबाटै श्रमिकले पुनः श्रम स्वीकृति लिन पाउने

कोहलपुर, पुष २,

आगामी साताबाट अनलाइनबाटै श्रमिकले पुनः श्रम स्वीकृतिलिन पाउने भएका छन् ।

यसले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुन सक्ने बैदेशिक रोजगार विभागले जनाएको छ । सरकारले अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा दिने भएपछि त्यसका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हट्नेछ ।

यो व्यवस्थाका लागि वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट–वेमार्फत बीमा र वैदेशिक रोजगर कल्याणकारी कोषको रकम तिर्न सकिने छ । विभागले विभिन्न बिमा कम्पनी र पेमेन्ट गेट–वेसँग सम्झौता गरेको विभागका महानिर्देशक कुमार दाहालले सीआइएनसँग बताउनुभयो ।आईएमई पे, ई–सेवा जस्ता गेटवेबाट श्रमिकले तोकिएका शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यस्तो शुल्क भुक्तानी गरेपछि प्रणालीले श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउनेछ ।श्रमिकले दुई पटकसम्म विदेशबाबाटै श्रम स्विकृतिको सुविधा पाउनेछन् ।

विदेशमा आफ्नो भिसा अवधि थपेर विदेशमा थप समय बस्नेलाई अनलाइनमार्फत नै श्रमको पुनः श्रम स्विकृति गर्नसक्ने छन् । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमार्फत सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेर दुई पटकसम्म कामदारलाई विदेशबाटै श्रम स्विकृतीको सुविधा दिन सकिने व्यवस्था गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *